"बाल्यकालको निसानी"
म सानो छँदा
आँगनीको छपनिमा हात थिच्दै कुदेको मेरो नाम
आज फेरी सपनामा देखे,
त्यहि मेरो बाल्यकालको याद बोकेको निसानी
उस्तै रैछ, दुरुस्तै रैछ ।
मात्र कटकटे ल्येउले कटकटिएको,
बनमासो झै उनिउले ढाकेको,
आगनभरी चिलाउनेको झिजा,
झिजामाथि बहुलाएर फैलिएको इस्वराको झाल,
मेरो अतित मेट्न तम्सिएको देखे
म जाइलागे ,आइलाग्ने माथि
झुके सबै भिजलान्तेहरू
मेरा पाखुराको सामु
जब म बढे इस्वराको झाल टुक्राउन,
चिलाउने झिजा ठुन्काउन ,
सरापदै थिए मलाई ती महामारी भिजलान्तेहरु
म फेरी सफल भए ।
मेरो बाल्यकालको याद बोकेको निसानी
ब्युताउन
म सानो छदा
आँगनको छपनिमा हात थिच्दै कुदेको मेरो नाम
लाग्यो युद्ध नै जितेर फर्कदै छु म,
सफलताको खुसिमा ,
मेरा चिरिएका ओठ तनक्क तनकेछन
मुसुक्क मुस्कुराएछु
तप्प दुइ थोपा आसु पनि झरालेछु ।
गम कत्ति भएन
बरु लाग्यो खुसि युद्ध जितेकोमा
मेरो बाल्यकालको याद बोकेको निसानी
ब्युताएकोमा
म सानो छँदा
आँगनको छपनिमा हात थिच्दै कुदेको मेरो नाम ‘
अनिल ’ ।
अनिल गौतम
देवचुली-१ ,नवलपरासी
हाल लमजुङ कृषि क्याम्पस
No comments:
Post a Comment