आफु जन्मेको र हुर्केको ठाउ जस्तो भएपनि माया लाग्दो रहेछ । कोहि साथिभाइलाई भेटेपनि सोध्न मन लाग्ने, हामी खेल्ने त्यो आगनको झार उखालेको छ कि छैन । हांमीले बेचिको हाम्रो रातेले खेत जोत्दैछ कि थला पर्यो । अनि भन्न मन लाग्ने हामी खल्ने चौर त अहिले मोटर बाटो पो भएछ है । चौतारी त आधि मात्र रहेछ है फेसबुक मा माइलोले हालेको रैछ । औधि माया लाग्छ आफ्नो मातृभुमि र जन्मभुमिको ।आफु दगुरेका पाखा पखेरा कस्ता भए होलान । मैले बसाई सराई गर्दा सानै थियो त्यो नास्पतिको रुख कत्रो भए होला ।
No comments:
Post a Comment