![]() |
कहिले बेसि कहिले भन्ज्याङ |
“ यो चोथाले कम्तिकि कि छे कम्तिकि । घिच्न भने
एक भजालो चाहिन्छ यसलाई। यो घासँको भारी हेर न हेर ?, छ्यास्स नि छैन । दुनियाँलाई
कुरो लाउन भ्याएर मुन्टिहोलि नि यो कुरौटे
“ , एकै सासमा भएभरको पुट्पुटिदै भान्सातिर लागिन सासुबजै ।
ग्रहुङ्गो कासको डोको मुठो । त्यसैमाथी सासुका
ग्रहुङ्गा बचनहरु । असह्य भयो । सहनै सकिन । टाउको ग्रहुङ्गो भएर आयो । थुचुक्क
बसे ।
“साबित्रि,,,,, साबित्री ,,,,,, के भो ? ”, पधेरामा पानी थापिराकि सरस्वति दिदि बान्नोको खुडकिलो हाम फाल्दै आइन।
“खै दिदि ! एक्कासि रिगटा लाएर आयो उभिनै सकिन ।”
“यो कामको चटारोले नि कहिल्यै छोडेन है तलाई । दिन रात भन्दिनस । अनि कमजोर पनि कसो नहुनु ।”
“के भनुम दिदि , म भाग्य खोसिएकि अभागिलाई सधैँ चाडपर्ब ।” आशुँ पुछ्दै नाम्लो बोकेर घर तिर लागे ।

बिहान भाले बास्नु अघिनै दैलो पोतो भ्याउ । चार
पाथि गाइवस्तुलाइ मकै दल ; गाइवस्तुलाइ
अन्नपानि गर । ढाडपानिट दुइ गाग्री पानी ओसार । सुसरा बा उठ्नु अगावै रित्तो डोको
बोकेर बेसि पुग । काला बिहानैको मेरो नित्य कर्म । दैलो पोतो र घर पधेरो त मैले कहिल्यै उज्यालोमा
गरिन । बेसि पुग्दा बल्ल कार्कि साइला बेसी गोठबाट भैसि दोएर उकालो चड्दै हुन्थे ।
थाप्लोमा भारी डोको र बेसि भन्ज्याङको चटारोले भ्याइ न भ्याई हुन्थ्यो । गोठमा मर्दभारि
घासँको डोको घोप्टाउन नभ्याउदै शङ्ख नफुके सासु बजैको खाको रुच्थेन । बुहारीको जात
सधै पैतलामुनिको धुलो । आखाँ जुधाएर हेर्दा त खाम्लाजस्तो गर्थिन । होइन र हो भनेर
जुवाफ फर्काउन कहाँ सक्नु मैले। तिखा बेदचन्डिका
धारिला मन्त्रहरु यसरी प्रहार गर्थीन धारिलो खुकुरी अचानोमा बजारेझै म बजारिन्थे
अचानो माथी। अनि अचानोको चोट खुकुरीलाई के थाहा ? सहि नसक्नु हुन्थ्यो । बिडम्बना
म पिडा खपेकै हुन्थे बारम्बार खुकुरीको ।
आगनमा पुगेकै थिइन । जुठेल्ना भरि जुठा भाडा र
थाल गिलास । हुदा हुदा गाईवस्तुलाई कुडो
पकाएको ताउला पनि जुठेल्लामा । भैसिलाई कुडो ख्वाको ताउलो के माझ्न पर्थ्यो र ? उसो
त सेखि न झार्नु थियो मेरो ,बजैलाई । अनि आफु बुहारी तह लाउने सासु हुनुको गर्ब
गर्न । नाम्लो बाख्राको टाडमाथि राखेर पिडिमा बसे । कमजोरीले ज्यान लगलग कामेको
थियो । खामोलाई एकछिन भएनि थकाई मेट्न साहारा बनाए । पसिनाले निथ्रुक्क थियो बुलुज
र गुनियो । बसेकि के थिए । भित्रबाट पुटपुटाउदै निस्किन सासु बजै ।
“जुठेल्ना भरि जुठा भाडा छन । कता कता गर्नु मैले । घुडा लडाएर जुठा भाडा माझिन्नन् ,,। मेरै हड्डि बलिया छन नि ,,मेरै । आराम चाहियो रे अहिलेका इनलाई,,,आराम“
पुट्पुटिदै गएर जुठेल्लाको गिलास समाइन । बिहान देखि पानी मुखा पर्या हैन । के गरुँ । गएर जुठा भाडा नसमालु । बुहारी परे । महिना दिन बहाना पुग्थ्यो यिनलाई । समाल्न जाउँ । सरिरमा गति छैन । एक मिनेट बसे फुर्ति आउथ्यो कि भनेकि । नगएर सुखै पाइन । आखिर हामी समाजमका बुहारी त नोकर्नी हुन डोलि चडेर आएका । हाई सुख त कहाको कुरो । सुख र आनन्द त पछि सासु भएपछि पाइन्छ बुहारी कजाएर । सोचे ! मेरो भाग्यमा आराम र सुख भन्ने शब्द नै कोर्न बिर्सेछन कि क्याहो भाविले । कुन दिन मेरा आसु नै बगेर सिदिन्छन । चाहेर पनि रुन सक्दिन । गएर जुठा भाडा समाए । सासु उठिहालिन ।
“अँअअअअआआआआआ ,मरे नि बा ” हेर्दा हेर्दै रगत ह्वाल बग्यो । गिलास भित्र सिसाको टुक्रो । बुढि ओलोलाई ल्वात्तै पार्यो । देब्रे हातले माटो खोर्सेर माटो छर्के । रगत बग्न धेरै नै कम भो । पटुकिको टुक्रो च्याते । आमाले परहारको तिजमा हाल्देको पटुकि । झुम्रो बनाउदा बनाउदै खिरिलिएर नाम्लो भथियो । तैपनि औलोलाई बेरे । आलो काटेको घाउ । त्यसैमाथी चिरिएका खुट्टा अनि चिरिएको हात । अगार खरानि छिर्दाको दुखाइ नसहि सुखै थिएन । सहन कोसिस गरे । रोक्नै सकिन । पसिना र आसु उतिक्कै बरबरति झरे । आसुँ पुछ्नि त परको कुरो नरोइ भनि दिने पनि कोहि थिएन मेरो । मलाई गोरु जोताइ झै झोताउदा बल्ल सासु हुनुको गर्ब गर्थिन सासुबजै ।

ससुरा बा गामका जजमान । हिजो बलस्वार कान्छो “ बा
! सराद छ है आमाको । भोलि आइदिनु पर्यो” भन्दै आको थियो । बिहानै बल्स्वार तिर
हिडेछन । मस्काएर भ्याउन बाकि थियो ; जुठो कराई ।
भित्रबाट भुडि भरेरै होला बजै चिटिक्क परेर निस्किन ।
“सुन त ! भजालोमा ढिडो छ । कोतरेर खा । म डाडाँघर माईलिका दुना टपरी गास्न जानु छ ।”, भन्दै बान्नो उक्लिन ।
कर्सापरि के पुगेकि के थिइन । कराउन थालिन ।
“ओइ सुन त ! भोलि थापा काईलो बाझोँ जोत्न आउछु भन्या छ । तल्ला पात्लामा मल बोकेर भ्याउनु छ नि फेरी । धुले बिउ राख्न ढिला भैसक्यो ।”; फरक्क फर्केर बान्नै बान्नो ठडिइन ।
डडेको सेतो कराई सुकिलो पार्दै बित्यो बिहान । अझै लोटाएर खाको भाडा मझ्ने काम त बाकिँ नै थियो । घाममा भाडा सुकाएर भित्र छिरे । अलपत्र भाडा र जुठो छिरलिएको । हेरे ,भातको कसौडि रित्तै । ढिडो ओडालेको भजालो हेरेको पिदमा सानो डल्लो । बरर आसुँ झरे । भक्कानो छोडेर रुन मन लाग्यो । मुड्को समातेर रोए । भोक एक कसौडि भात खाने लाको छ, भात भन्ने एक बट्का मात्र । हुनि नहुनु सोच आयो मनमा । सरापनु सरापे सासुलाई । ”तिमीलाई पापि बुडि । तिम्रा मुख त किरा परुन । मेरा बलिन्धारा आसुको पाप तिमलाई नलागे कसलाई लाग्छ । हरे राम । मेरी जस्ती सत्तुरनि सासु त कसैकि नहुन् भगवान ! कसैकि नहुन ।” मन सान्त पार्न मुखमा आको बोले । बिहान देखि मुखमा पानि परेको थिएन । खालि पेटमा भए भरको निस्क्यो, रिस ।
माईतमा आमाले खान्न खान्न भन्दा हाल्दिदा फालेको भात सम्झे । बिहान घिउमा बगेको भात ,दिउसो लट्टे र बेलुका पल्तिर कान्छा बाकोमा काटेको खसिको मासु । आमाले खान्न खान्न भन्दा पनि हाल्देको जबरजस्ति भात र मासु अहिले खान पाए । आत्म हास्थ्यो ।

अर्काको छोरी भनेको अर्काको नै रैछ । सासु आमाले
कहिल्यै छोरी झै गरिनन् । १२ बर्षको उमेर देखि कहिल्यै पेट भरि खान पाइन मैले ।
बर्षको २ दिन तिज र तिहार दशैँ थियो मेरो लागि । उबेला आमाले कति हुन्न भन्नुभो ।
कति गिडगिडाउनु भो बासँग । तर आमा बलिन्धारा रुदा पनि बा मन्नु भएन । आमाले छोरी सानै
छे । अझ एक दुइ बर्ष कुरम अनि बिहे गरिदिउला । हतार भछैन भन्दा छोरी एक बिसको आधा नाघिसकि
। माइतिआँ छाउपडि बस्यो भन्यो दुनियाँले नराम्रो भन्छ, नानाथरि कुरा काड्छन भनि
टार्नुभयो । आखिरमा १२ बर्ष कै उमेरमा महभिरको खोलो तारी टाटेपहराको भिराँ ल्याएर
उम्किए मलाई । न कोहि आफ्नो मान्छे त्यो बिरानो ठाउमा । बिगत सम्झेर रोए । आमा
सम्झेर रोए । रुदा रुदा आखाँ पोल्यो ।
भोकले च्यापेर आयो
। दिउरीमा थोरै तरकारीको झोल थियो । भजालोमा खनाए । दाबिलोले कोर्दा चार गास जति
निस्क्यो । अन्तिममा दुधले भिजाउनु पर्यो भनेकी । दुध र्याकको चापि बन्द । यता उता
खोजे कहि भेटिन ।
“ अत्याचारको नि सिमा हुन्छन नि । मेरो त ज्यानै होइन ? खानै पर्दैन ? कुन दिनमा दिएछन बाआमाले यस्तो घरमा । भैसिको स्यारसुसर गर्ने मै खाने बेलामा १ थुर्मि दुध छैन । आखिर मेरो पनि घर नै हो ।” पुटपुटाउदै रित्तो भजालो समाते । सासुले गर्न सक्ने सम्म गरेकि छिन मलाई शोषण । यो कुरा आजको मात्र भए नि हुन्थ्यो नि । सधै त्यस्तै । तरकारिको झोलमै भए पनि चित्त बुझाए । खाको भाडा र भान्सा लोटाएर मल बोक्नु थियो तल्लापात्लोमा । जाने बेलामा अर्थाको काम नगरे गाउभरि सुनाउदै हिन्थिन यो यस्ति र उस्ति भनेर । बिहान बेलुका कराउने न्यू पुग्थ्यो इनलाई । सुकेर हाड र छाला बाहेक केहि थिएन सरिरमा ।

जुठि भाडो गरे । मलको भारी बोकेर ओरालो झर्दै
थिए । कसैले बोलाए झै लाग्यो ।
“ ओ, साबित्रि भाउजु ,,,साबित्रि भाउजु हो ”, डाडाको चौतारीबाट समिर बाबुले बोलाए जस्तो लाग्यो ।
“ के भन्नु भो , बाबु,,,,”; लामो स्वरले बोले ।
“दाईले फोन गर्छु भन्नु भाछ रे ठाटि कृष्ण दाइको टेलिफुनमा, झट्टै जानु रे,।"
भोक प्यास सबै बिर्से । मलको भारी दगुर्दै झौरिकुनाको बारिमै घोप्टाए । तल्लो पात्लोमा पुगेर फर्कदा त फुन छुटिसक्थ्यो । आखिर चाडै नै पुगेर उहाँ सग बोल्नु थियो । डोको बारीमा छोडेर गोबरै हात ठाटितिर हुइके । टाटेपराको कुलोमा गोबेर हात र खुट्टा धोए । अझै आधा घन्टा लाग्थ्यो ठाटि पुग्न । पाचँ महिना पछि बल्ल उहाँसगँ बोल्न पाउदै थिए । बिहे गरेको छ महिना पछि भारत छिर्नु भको । बर्षमा एक चोटि बर्खा लाउन आउनुहुन्थ्यो । बिस दिनको छुट्टिमा । तैपनि आमा छोरोको राम्रो थिएन मेरै कारणले । छोरो मसंग बोल्यो ,संगै हिन्यो भनेर बोल्नै छोडेकि सासुबजै आफ्नै छोरोसगं पनि । हस्याङ र फस्याङ गर्दै आधा घन्टाको बाटो बिस मिनेटमै पुगे । पुगेको केहि छिनमा मा नै फोन आयो।
फोन मैले उठाए ।
“हेलो”
“हेलो ! कान्छि , सन्चै छेस”
आखाबाट बरर आसु झरै, केहि बोलनि ।
“ए कान्छि ,के भो । किन नबोलेकि”
रुदै भने “ ( हिक्क,,, ) हजुर छिटै आउनु । बरु म एक छाक मात्र खान्छु (हिक्क)।“
“आमाले केहि भन्नुभो हो ?”
“भनेको त कहिले नसहेकि हुम र हजुरकि आमाले ? कहिल्यै पेटभरि खान पनि दिन्नन् । रुखा रुखा बचन लाउछिन । माईत नगाको पनि २ बर्ष भो । एक सेकेन्ड बसेको देख्न सक्दिनन् । अस्ति जुगुल्टो समाएर पछार्दिन्, निदारबाट ह्वाल ह्वालति रगत बग्यो रोक्दै रोकिएन । (सुक्क सुक्क ), मलाई केहि चाहिदैन बरु हजुर छिट्टै आउनु । यस्तै हो भने मेरो लास पनि देख्न पाउनु हुन्न हजुरले (सुक्क सुक्क)”
“नरौउ न कान्छि ,नरौँ, आमाको बानि यस्तै छ । जानेकै छौ । के गर्छौ त ? साहुले पैसा पनि दिएको छैन । यसपालि बरु म जेठ मसान्त तिर आईपुगुला नि ।”
“मलाई केहि चाहिन्न हजुर छिटो आउनु तेत्ति हो । बरु अर्म पर्म लाम्ला । बाडेर खाम्ला । छिट्टै आउनु ।”
“राम्रो सग बसेस । आमासग जोरि खोज्नु भन्दा खुरुखुरु जे अराउछीन त्यै गर । म आउछु नि चाडै हैँ । अहिले राख्छु । आमाबा लाइ पनि फुन गर्नाको थियो भनेस है ।’
“हस् राख्नुस तनि ।”

लामाघर कान्छाबाको आगन हुदै भिरामुको चौतारो झरेसी सिदै दबाङको स्कुल
निस्कन्थ्यो । त्यसैले छोटो बाटो नै लागे । फर्कदै थिए , गौडामाथी रुवाबासिको आवाज
कानमा पर्यो । कसलाई के भाछ ,एकचोटि पुगेर नै फर्कन्छु भनेर बान्नो उक्लिए । आगन
भरि मान्छेको रुबासी । मठको छेउमा सुस्मिता दिदिको लास । घाटिभरि निलडाम । भनभन
माखा घन्केको सरिर भरि । छांगाबाट खसे झै भो ।
‘झुन्डाएरै मारेछन नि बिचरीलाई’ मान्छेको भिडबाट आवाज कानमा पर्यो । मान्छेहरु गान गुन गरिरहेका थिए । मारेछन नि भन्ने आवाज सुनेपछि त झन होस चेत नै छोडिएर आयो । रनथनिदै निस्के आगनबाट । मनभरि नानाथरि कुरा खेलेर आए । कतै मेरो पनि यहि हालत त हुने हैन । के के हो के के........ । अस्ति कोदो गोड्दा दुखेसो पोख्दै गरेकि सुस्मिता दिदिको अनुहार झलझलि आखा ओरिपरी घुमुरह्यो । तर आज दिदि थिइनन । अब बिचरी त्यो ९ बर्षे बच्चिको बिच्चलि । बिहे गरेको २० दिन पछि मुग्लान छिरेका सुस्मिता दिदिका बुडा १० बर्ष भैसक्दा पनि पनि घर ,श्रिमति, छोरि सम्झेर फर्केनन् ।
सासुले चिरपटोले हिर्काउदा लागेर सुनिएको देब्रे हातको बुढि औलो देखाउदै रुदै भनिथिन् , ‘बैनि के गर्नु, सासु र ससुरा मिलेर बसि खानु गर्दैनन । हिजो भोकै सुते । कुन दिन मा मारेर फाल्दिन्छन मलाई । अरु त केहि छैन ,पल पल मर्नु भन्दा एकै चोटिमा फ्याक्क मार्दिए हुन्थियो तर छोरीको के हालत होला भनेर सोच्छु’ । मठमा लमपसार दिदि नै बोले झै लाग्यो । खुट्टा ज्यान त्यसै लगलग कामेर आयो । पाईला चाल्नै सकिन । मनमा मलाई पनि सुस्मिता दिदिलाइ झै मारे भने प्रश्नको भक्कानो आएर अडक्कियो । थुचुक्कै बसे । सुस्मिता दिदिको जिन्दगिमा न मिठो न राम्रो ,न सुख न खुसि , न साहारा न आफन्त न कोहि न कोहि थियो । छोरीको मुख हेरेर बाच्न खोजेकि थिइन । तर के गर्नु चिल ले चल्ला टिपे झै टिपिलग्यो कालले । खुकुरिको धारमा हिडेकि म पनि कहिले अचानोमा मेटिन्छ दिन कुरिराछु ।
'अपरिचित अनिल'

सार्है नै सान्दर्भिक र मार्मिक लाग्यो।
ReplyDeleteलेखन शैली उत्कृष्ट छ।
सार्है नै सान्दर्भिक र मार्मिक लाग्यो।
ReplyDeleteलेखन शैली उत्कृष्ट छ।