Monday, July 11, 2016

तिमी निदाएको बेला

                  
हुनेछु मुसार्दै  तिम्रो सिर तिमी निदाएको बेला
तिमीले रङ्गाएको सिउदोको अबिर तिमी निदाएको बेला

कत्तिपनि नडराउनु नकराुनु अनि नहराउनु माया
हुनेछु हरपल सम्झदै तिम्रो तस्बिर तिमी निदाएको बेला

                               अपरिचित अनिल

मन प्यारी

                                                   मन प्यारी
                      बाहिर  झमझम पानी परिरहेको थियो । छता थिएन । हुँदै नभएको त होइन । साथि आएकि थिइ ।भर्खरै लिएर गइ भाको एउटा छाता पनि ।घडी हेरे । फिटी फिटि हल्लिएको घडिको सुइले जिस्काएझै लाग्यो । मनमनै गालि गरे , तैले पनि मलाई जिस्तोकाइ छाडिस हैन । तोकिएको समय मेरो नजिकै थियो बिडम्बना लाग्थयो म नै मेरो नजिक थिइन। मन उडेर चङ्गा झै भाको थियो । त्यो पनि उहा बाहेक अरु कोहिको पनि बसमा नआउने । नगै नहुनु पनि थियो मलाइ ।  अनि एक चोटि भए नि त्यो मुस्कान हेर्न अनि उहाको सामिप्यतामा पर्न ।
                   मोबाइल चलाइरहेकि रुपाले मेरो एकोहोरो पनलाइ चिडायो ।  झल्यास्स बिउजे । 'जाउ कलेज तिर स्पन्दनको भेला छे रे ' एक्सकासि रुपाले मनको कुरा खोलिदिदा उफ्रेर नाच्न मन लाग्यो । तर नाच्नको लागि त्यो उपयुक्त ठाउ थिएन । रुपालाइ भन्न सकेकी थिइन । रुपाले आफै खोलिदिइ मेरो मनको प्मेयासलाई । मेरो त्यो भेलामा जानुको आत्तुरी अनि चहाटलाइ । तै पनि जानी हो र ? भने । बर्षा पनि अन्तिममा मेेरै पक्षमा आयो । बर्षा रोकिएकाले छाता खोज्नु परेन । नरोकिएको भए पनि म रुपालाई भिजेर जान आग्रह गर्थे होलो । दुबै कक्षामा पुग्यौ ।
                  पहिलो सिटमा पनि बस्न पाइएन । गिता र सिताको बिचमा कृष्ण आएर बसिसकेका । दोस्रो बेन्चमा नबसि सुखै पाइन । उहाको हातमा रजिस्टर थियो । निलो कोठे सट । हल्का अगाडि निस्केको कपाल । त्यसैमाथि  चिटिक्क सुहाएको चस्मा ।ओहो ! मुस्कुराउदै बोलेको त्यो प्रकस्ट र बोल्ड आवाज । मनमा लड्डु नैै फुट्यो । उहाका ति निर्दोष आखाँ देखेसी त मन हलुको भो । 2 घन्टा कसरी बित्यो पत्तै पाइन । हराएछु उहाकै सामिप्यता र मधुर बोलिमा । अन्त्यमा उहाले टाउको हात र शरीर हल्लाउदै भनेका बाक्यले झस्याङ भए ।"सुन्न नभुल्नु होला मन मन्जुल तपाइकै सतोस सागरको साथ रेडियो भोटेओडार ९० दसमलब ८ मेगाह्रज ।" हल्का रिस पनि उठ्यो खुब तपाइकै भनुपर्ने , कहि नभनेको तपाइको । 'मेरै मात्र हो हजुर , बुज्नुभो ?'
                दिपेन दाइको स्पोन्सरको आइसक्रिम खादा पनि अझै महसुस गर्न पाउथे उहाको संलग्नतालाइ । आइसक्रिम  पहिला मेरो हातमा आयो । खानै मन लागेको थिएन ,हुजुरले सुरुमा नखाइ । बाद्यता खानै पर्यो ।खाए पनि किनकि नखाई नहुने थियो । तर छाल पारी पारी ह्जुरले नि पाएको देखेपछि मात्र ढुक्कसगं खाएकि थिए ।जानुभो हजुर पिपलको बोटनीर साइकल घुमाएर । छड्के नजरले हेर्नु भो । मन हलुका भो । तर गेटको छेउमा उभिएकी मैले ।हजुर गएको पनि फरक्क फर्केर हेर्न साकिन । रुपा सगैं म पनि फर्के ।
            नौ बज्न नै एक दिन लागे जस्तो भो मलाइ । रुममा पुगेबाट भाको छटपटिलाई बाहिर देखाउन सकेकि थिइन । खाना पकाउने पालो थियो तै पनि रुपालाइ पकाउन आग्रह गरे ,'भोलि म बिहान बेलुकानै पकाउला नि' भन्दै । नाइ भन्न सकिनन रुपाले पनि । एर्फोन कानमा लाएर गित सुनेझै रेडियो सुनिरहन मस्त थिए । के गर्नु  झ्यार झ्यार मात्र आइ राख्यो । साढे नौ भो अज पनि झयार झ्यार बाहेक केहि आएन । पौने 10 सम्म कुरिरहे अनि झ्यार झ्यार नै सुनिरहे । 10 बज्यो ।अझै हजुर आउनु भएन । फेसबुक खोले । म्यास लेखौ भने नि केही लेख्न सकिन ।सुरुमै म हजुरलाई माया गर्छु भन्न सक्ने भाको भए त आज हामी पनि सनसेटमा सनसेट हेरिेरहेको हुन्थ्यौ । एक्कासी सन्तोष इज टाइपिङ आयो उहाँकै खोलिएको ट्याबमा ।मुस्कुराए । कुरिरहे म्यासेज कतिखेर आउछ अनि रिप्लाई गरु । तर म्यासेज आएन । ५ चोटि सम्म केही म्यासेज लेख्नु भो तर मलाइ नपठाउनको लागि इन्टर थिच्नु भएन । डिलिट गर्नु भो । म केटि भएर होला या चोखो प्रेमि भएर होला । म्यासेज पठाउने आट नै आएन । न हजुरले पठाउनु भो न मैले रिप्लाइ नै गरे । मन र सरिरमा त्यसै उकुसमुकुस भएर आयो । हजुरको यादमा हिजो धेरै डुब्नुपर्यो मलाइ जुन हजुरको पाछडी लेखिएको सागर भन्दा पनि गहिरो थियो ।
‪#‎अबश्य_पनि_तिम्री_माया_लाई_पनि_यस्तै_भो_होला‬ ।
‪#‎लघुकथा‬
#प्रतिउत्तर
LikeShow More Reactions
Comment

स्वागत मुक्तक

                   स्पन्दन
स्वागत छ स्पन्दनमा खुसि अनि माया सँगै
रमाउने छौ सुबिन दाइको समर लभ र साया सगैँ

'मनसुनले' नि आज पक्कै शब्दहरु बर्साउनेछ
झुमिनेछन साहित्य प्रेमि दाया अनि बाया सगैँ
                             अपरिचित अनिल

Wednesday, June 22, 2016

बुहारी

 
                               
कहिले बेसि कहिले भन्ज्याङ
“ यो चोथाले कम्तिकि कि छे कम्तिकि । घिच्न भने एक भजालो चाहिन्छ यसलाई। यो घासँको भारी हेर न हेर ?, छ्यास्स नि छैन । दुनियाँलाई कुरो  लाउन भ्याएर मुन्टिहोलि नि यो कुरौटे “ , एकै सासमा भएभरको पुट्पुटिदै भान्सातिर लागिन सासुबजै ।
ग्रहुङ्गो कासको डोको मुठो । त्यसैमाथी सासुका ग्रहुङ्गा बचनहरु । असह्य भयो । सहनै सकिन । टाउको ग्रहुङ्गो भएर आयो । थुचुक्क बसे ।
“साबित्रि,,,,, साबित्री ,,,,,, के भो ? ”, पधेरामा पानी थापिराकि सरस्वति दिदि  बान्नोको खुडकिलो हाम फाल्दै आइन।
“खै दिदि ! एक्कासि रिगटा लाएर आयो उभिनै सकिन ।”
“यो कामको चटारोले नि कहिल्यै छोडेन है तलाई । दिन रात भन्दिनस । अनि कमजोर पनि कसो नहुनु ।”
“के भनुम दिदि , म भाग्य खोसिएकि अभागिलाई सधैँ चाडपर्ब ।” आशुँ पुछ्दै नाम्लो बोकेर घर तिर लागे ।
बिहान भाले बास्नु अघिनै दैलो पोतो भ्याउ । चार पाथि गाइवस्तुलाइ मकै दल ;  गाइवस्तुलाइ अन्नपानि गर । ढाडपानिट दुइ गाग्री पानी ओसार । सुसरा बा उठ्नु अगावै रित्तो डोको बोकेर बेसि पुग । काला बिहानैको मेरो नित्य कर्म ।  दैलो पोतो र घर पधेरो त मैले कहिल्यै उज्यालोमा गरिन । बेसि पुग्दा बल्ल कार्कि साइला बेसी गोठबाट भैसि दोएर उकालो चड्दै हुन्थे । थाप्लोमा भारी डोको र बेसि भन्ज्याङको चटारोले भ्याइ न भ्याई हुन्थ्यो । गोठमा मर्दभारि घासँको डोको घोप्टाउन नभ्याउदै शङ्ख नफुके सासु बजैको खाको रुच्थेन । बुहारीको जात सधै पैतलामुनिको धुलो । आखाँ जुधाएर हेर्दा त खाम्लाजस्तो गर्थिन । होइन र हो भनेर जुवाफ फर्काउन कहाँ सक्नु मैले।  तिखा बेदचन्डिका धारिला मन्त्रहरु यसरी प्रहार गर्थीन धारिलो खुकुरी अचानोमा बजारेझै म बजारिन्थे अचानो माथी। अनि अचानोको चोट खुकुरीलाई के थाहा ? सहि नसक्नु हुन्थ्यो । बिडम्बना म पिडा खपेकै हुन्थे बारम्बार खुकुरीको ।
आगनमा पुगेकै थिइन । जुठेल्ना भरि जुठा भाडा र थाल गिलास ।  हुदा हुदा गाईवस्तुलाई कुडो पकाएको ताउला पनि जुठेल्लामा । भैसिलाई कुडो ख्वाको ताउलो के माझ्न पर्थ्यो र ? उसो त सेखि न झार्नु थियो मेरो ,बजैलाई । अनि आफु बुहारी तह लाउने सासु हुनुको गर्ब गर्न । नाम्लो बाख्राको टाडमाथि राखेर पिडिमा बसे । कमजोरीले ज्यान लगलग कामेको थियो । खामोलाई एकछिन भएनि थकाई मेट्न साहारा बनाए । पसिनाले निथ्रुक्क थियो बुलुज र गुनियो । बसेकि के थिए । भित्रबाट पुटपुटाउदै निस्किन सासु बजै ।
“जुठेल्ना भरि जुठा भाडा छन । कता कता गर्नु मैले । घुडा लडाएर जुठा भाडा माझिन्नन् ,,। मेरै हड्डि बलिया छन नि ,,मेरै । आराम चाहियो रे अहिलेका इनलाई,,,आराम“
पुट्पुटिदै गएर जुठेल्लाको गिलास समाइन । बिहान देखि पानी मुखा पर्या हैन । के गरुँ । गएर जुठा भाडा नसमालु । बुहारी परे । महिना दिन बहाना पुग्थ्यो यिनलाई । समाल्न जाउँ । सरिरमा गति छैन । एक मिनेट बसे फुर्ति आउथ्यो कि भनेकि । नगएर सुखै पाइन ।  आखिर हामी समाजमका बुहारी त नोकर्नी हुन डोलि चडेर आएका । हाई सुख त कहाको कुरो । सुख र आनन्द त पछि सासु भएपछि पाइन्छ बुहारी कजाएर । सोचे ! मेरो भाग्यमा आराम र सुख भन्ने शब्द नै कोर्न बिर्सेछन कि क्याहो भाविले । कुन दिन मेरा आसु नै बगेर सिदिन्छन । चाहेर पनि रुन सक्दिन । गएर जुठा भाडा समाए । सासु उठिहालिन ।
“अँअअअअआआआआआ ,मरे नि बा ” हेर्दा हेर्दै रगत ह्वाल बग्यो । गिलास भित्र सिसाको टुक्रो । बुढि ओलोलाई ल्वात्तै पार्यो । देब्रे हातले माटो खोर्सेर माटो छर्के । रगत बग्न धेरै नै कम भो । पटुकिको टुक्रो च्याते । आमाले परहारको तिजमा हाल्देको पटुकि । झुम्रो बनाउदा बनाउदै खिरिलिएर नाम्लो भथियो । तैपनि औलोलाई बेरे ।  आलो काटेको घाउ । त्यसैमाथी चिरिएका खुट्टा अनि चिरिएको हात । अगार खरानि छिर्दाको दुखाइ नसहि सुखै थिएन । सहन कोसिस गरे । रोक्नै सकिन । पसिना र आसु उतिक्कै बरबरति झरे । आसुँ पुछ्नि त परको कुरो नरोइ भनि दिने पनि कोहि थिएन मेरो । मलाई गोरु जोताइ झै झोताउदा बल्ल सासु हुनुको गर्ब गर्थिन सासुबजै ।
ससुरा बा गामका जजमान । हिजो बलस्वार कान्छो “ बा ! सराद छ है आमाको । भोलि आइदिनु पर्यो” भन्दै आको थियो । बिहानै बल्स्वार तिर हिडेछन । मस्काएर भ्याउन बाकि थियो ; जुठो कराई ।  भित्रबाट भुडि भरेरै होला बजै चिटिक्क परेर निस्किन ।
“सुन त ! भजालोमा ढिडो छ । कोतरेर खा । म डाडाँघर माईलिका दुना टपरी गास्न जानु छ ।”, भन्दै बान्नो उक्लिन ।
कर्सापरि के पुगेकि के थिइन । कराउन थालिन ।
“ओइ सुन त ! भोलि थापा काईलो बाझोँ जोत्न आउछु भन्या छ । तल्ला पात्लामा मल बोकेर भ्याउनु छ नि फेरी । धुले बिउ राख्न ढिला भैसक्यो ।”; फरक्क फर्केर बान्नै बान्नो ठडिइन ।
डडेको सेतो कराई सुकिलो पार्दै बित्यो बिहान । अझै लोटाएर खाको भाडा मझ्ने काम त बाकिँ नै थियो । घाममा भाडा सुकाएर भित्र छिरे । अलपत्र भाडा र जुठो छिरलिएको । हेरे ,भातको कसौडि रित्तै । ढिडो ओडालेको भजालो हेरेको पिदमा सानो डल्लो । बरर आसुँ झरे । भक्कानो छोडेर रुन मन लाग्यो । मुड्को समातेर रोए ।  भोक एक कसौडि भात खाने लाको छ, भात भन्ने एक बट्का मात्र ।  हुनि नहुनु सोच आयो मनमा । सरापनु सरापे सासुलाई । ”तिमीलाई पापि बुडि । तिम्रा मुख त किरा परुन । मेरा बलिन्धारा आसुको पाप तिमलाई नलागे कसलाई लाग्छ । हरे राम । मेरी जस्ती सत्तुरनि सासु त कसैकि नहुन् भगवान ! कसैकि नहुन ।” मन सान्त पार्न मुखमा आको बोले । बिहान देखि मुखमा पानि परेको थिएन । खालि पेटमा भए भरको निस्क्यो, रिस ।
माईतमा आमाले खान्न खान्न भन्दा हाल्दिदा फालेको भात सम्झे । बिहान घिउमा बगेको भात ,दिउसो लट्टे र बेलुका पल्तिर कान्छा बाकोमा काटेको खसिको मासु । आमाले खान्न खान्न भन्दा पनि हाल्देको जबरजस्ति भात र मासु अहिले खान पाए । आत्म हास्थ्यो ।
अर्काको छोरी भनेको अर्काको नै रैछ । सासु आमाले कहिल्यै छोरी झै गरिनन् । १२ बर्षको उमेर देखि कहिल्यै पेट भरि खान पाइन मैले । बर्षको २ दिन तिज र तिहार दशैँ थियो मेरो लागि । उबेला आमाले कति हुन्न भन्नुभो । कति गिडगिडाउनु भो बासँग । तर आमा बलिन्धारा रुदा पनि बा मन्नु भएन । आमाले छोरी सानै छे । अझ एक दुइ बर्ष कुरम अनि बिहे गरिदिउला । हतार भछैन भन्दा छोरी एक बिसको आधा नाघिसकि । माइतिआँ छाउपडि बस्यो भन्यो दुनियाँले नराम्रो भन्छ, नानाथरि कुरा काड्छन भनि टार्नुभयो । आखिरमा १२ बर्ष कै उमेरमा महभिरको खोलो तारी टाटेपहराको भिराँ ल्याएर उम्किए मलाई । न कोहि आफ्नो मान्छे त्यो बिरानो ठाउमा । बिगत सम्झेर रोए । आमा सम्झेर रोए । रुदा रुदा आखाँ पोल्यो ।
भोकले च्यापेर आयो । दिउरीमा थोरै तरकारीको झोल थियो । भजालोमा खनाए । दाबिलोले कोर्दा चार गास जति निस्क्यो । अन्तिममा दुधले भिजाउनु पर्यो भनेकी । दुध र्याकको चापि बन्द । यता उता खोजे कहि भेटिन ।
“ अत्याचारको नि सिमा हुन्छन नि । मेरो त ज्यानै होइन ? खानै पर्दैन ? कुन दिनमा दिएछन बाआमाले यस्तो घरमा । भैसिको स्यारसुसर गर्ने मै खाने बेलामा १ थुर्मि दुध छैन । आखिर मेरो पनि घर नै हो ।” पुटपुटाउदै रित्तो भजालो समाते । सासुले गर्न सक्ने सम्म गरेकि छिन मलाई शोषण । यो कुरा आजको मात्र भए नि हुन्थ्यो नि । सधै त्यस्तै । तरकारिको झोलमै भए पनि चित्त बुझाए । खाको भाडा र भान्सा लोटाएर मल बोक्नु थियो तल्लापात्लोमा । जाने बेलामा अर्थाको काम नगरे गाउभरि सुनाउदै हिन्थिन यो यस्ति र उस्ति भनेर । बिहान बेलुका कराउने न्यू पुग्थ्यो इनलाई । सुकेर हाड र छाला बाहेक केहि थिएन सरिरमा ।
जुठि भाडो गरे । मलको भारी बोकेर ओरालो झर्दै थिए । कसैले बोलाए झै लाग्यो ।
“ ओ, साबित्रि भाउजु ,,,साबित्रि भाउजु हो ”, डाडाको चौतारीबाट समिर बाबुले बोलाए जस्तो लाग्यो ।
“ के भन्नु भो , बाबु,,,,”; लामो स्वरले बोले ।
“दाईले फोन गर्छु भन्नु भाछ रे ठाटि कृष्ण दाइको टेलिफुनमा, झट्टै जानु रे,।"
भोक प्यास सबै बिर्से । मलको भारी दगुर्दै झौरिकुनाको बारिमै घोप्टाए । तल्लो पात्लोमा पुगेर फर्कदा त फुन छुटिसक्थ्यो । आखिर चाडै नै पुगेर उहाँ सग बोल्नु थियो । डोको बारीमा छोडेर गोबरै हात ठाटितिर हुइके । टाटेपराको कुलोमा गोबेर हात र खुट्टा धोए । अझै आधा घन्टा लाग्थ्यो ठाटि पुग्न । पाचँ महिना पछि बल्ल उहाँसगँ बोल्न पाउदै थिए । बिहे गरेको छ महिना पछि भारत छिर्नु भको । बर्षमा एक चोटि बर्खा लाउन आउनुहुन्थ्यो । बिस दिनको छुट्टिमा । तैपनि आमा छोरोको राम्रो थिएन मेरै कारणले । छोरो मसंग बोल्यो ,संगै हिन्यो भनेर बोल्नै छोडेकि सासुबजै आफ्नै छोरोसगं पनि । हस्याङ र फस्याङ गर्दै आधा घन्टाको बाटो बिस मिनेटमै पुगे । पुगेको केहि छिनमा मा नै फोन आयो।
फोन मैले उठाए ।
“हेलो”
“हेलो ! कान्छि , सन्चै छेस”
आखाबाट बरर आसु झरै, केहि बोलनि ।
“ए कान्छि ,के भो । किन नबोलेकि”
रुदै भने “ ( हिक्क,,, ) हजुर छिटै आउनु । बरु म एक छाक मात्र खान्छु (हिक्क)।“
“आमाले केहि भन्नुभो हो ?”
“भनेको त कहिले नसहेकि हुम र हजुरकि आमाले ? कहिल्यै पेटभरि खान पनि दिन्नन् । रुखा रुखा बचन लाउछिन । माईत नगाको पनि २ बर्ष भो । एक सेकेन्ड बसेको देख्न सक्दिनन् । अस्ति जुगुल्टो समाएर पछार्दिन्, निदारबाट ह्वाल ह्वालति रगत बग्यो रोक्दै रोकिएन । (सुक्क सुक्क ), मलाई केहि चाहिदैन बरु हजुर छिट्टै आउनु । यस्तै हो भने मेरो लास पनि देख्न पाउनु हुन्न हजुरले (सुक्क सुक्क)”
“नरौउ न कान्छि ,नरौँ, आमाको बानि यस्तै छ । जानेकै छौ । के गर्छौ त ? साहुले पैसा पनि दिएको छैन । यसपालि बरु म जेठ मसान्त तिर आईपुगुला नि ।”
“मलाई केहि चाहिन्न हजुर छिटो आउनु तेत्ति हो । बरु अर्म पर्म लाम्ला । बाडेर खाम्ला । छिट्टै आउनु ।”
 “राम्रो सग बसेस । आमासग जोरि खोज्नु भन्दा खुरुखुरु जे अराउछीन त्यै गर । म आउछु नि चाडै हैँ । अहिले राख्छु । आमाबा लाइ पनि फुन गर्नाको थियो भनेस है ।’
“हस् राख्नुस तनि ।”

         लामाघर कान्छाबाको आगन हुदै भिरामुको चौतारो झरेसी सिदै दबाङको स्कुल निस्कन्थ्यो । त्यसैले छोटो बाटो नै लागे । फर्कदै थिए , गौडामाथी रुवाबासिको आवाज कानमा पर्यो । कसलाई के भाछ ,एकचोटि पुगेर नै फर्कन्छु भनेर बान्नो उक्लिए । आगन भरि मान्छेको रुबासी । मठको छेउमा सुस्मिता दिदिको लास । घाटिभरि निलडाम । भनभन माखा घन्केको सरिर भरि । छांगाबाट खसे झै भो ।
‘झुन्डाएरै मारेछन नि बिचरीलाई’ मान्छेको भिडबाट आवाज कानमा पर्यो । मान्छेहरु गान गुन गरिरहेका थिए । मारेछन नि भन्ने आवाज सुनेपछि त झन होस चेत नै छोडिएर आयो । रनथनिदै निस्के आगनबाट । मनभरि नानाथरि कुरा खेलेर आए । कतै मेरो पनि यहि हालत त हुने हैन । के के हो के के........ । अस्ति कोदो गोड्दा दुखेसो पोख्दै गरेकि सुस्मिता दिदिको अनुहार झलझलि आखा ओरिपरी घुमुरह्यो । तर आज दिदि थिइनन । अब बिचरी त्यो ९ बर्षे बच्चिको बिच्चलि । बिहे गरेको २० दिन पछि मुग्लान छिरेका सुस्मिता दिदिका बुडा १० बर्ष भैसक्दा पनि पनि घर ,श्रिमति, छोरि सम्झेर फर्केनन् ।
सासुले चिरपटोले हिर्काउदा लागेर सुनिएको देब्रे हातको बुढि औलो देखाउदै रुदै भनिथिन् , ‘बैनि के गर्नु, सासु र ससुरा मिलेर बसि खानु गर्दैनन । हिजो  भोकै सुते । कुन दिन मा मारेर फाल्दिन्छन मलाई । अरु त केहि छैन ,पल पल मर्नु भन्दा एकै चोटिमा फ्याक्क मार्दिए हुन्थियो तर छोरीको के हालत होला भनेर सोच्छु’ । मठमा लमपसार दिदि नै बोले झै लाग्यो । खुट्टा ज्यान त्यसै लगलग कामेर आयो । पाईला चाल्नै सकिन । मनमा मलाई पनि सुस्मिता दिदिलाइ झै मारे भने प्रश्नको भक्कानो आएर अडक्कियो । थुचुक्कै बसे । सुस्मिता दिदिको जिन्दगिमा न मिठो न राम्रो ,न सुख न खुसि , न साहारा न आफन्त न कोहि न कोहि थियो । छोरीको मुख हेरेर बाच्न खोजेकि थिइन । तर के गर्नु चिल ले चल्ला टिपे झै टिपिलग्यो कालले । खुकुरिको धारमा हिडेकि म पनि कहिले अचानोमा मेटिन्छ दिन कुरिराछु ।

'अपरिचित अनिल'

Monday, December 28, 2015

मुक्तक

रेटिन्छन अबोध शिर अनि समेटिन्छन बन्द बाकस भित्र,
लुटिन्छन आफ्नै चेली घरमा अनि भेटिन्छन बन्द बाकस भित्र ।

न कुनै गुलाब फक्रन्छ न त कुनै लालिगुरास फुल्छ,
रङ्गाईन्छन ती हातहरु अनि समेटिन्छन बन्द बाकस भित्र ।।
अनिल 'अपरिचित'

Sunday, June 14, 2015

मेरो बाल्यकालको निसानी

        "बाल्यकालको निसानी"

म सानो छँदा
आँगनीको छपनिमा हात थिच्दै कुदेको मेरो नाम
आज फेरी सपनामा देखे,
त्यहि मेरो बाल्यकालको याद बोकेको निसानी
उस्तै रैछ,  दुरुस्तै रैछ ।

मात्र कटकटे ल्येउले कटकटिएको,
बनमासो झै उनिउले ढाकेको,
आगनभरी चिलाउनेको झिजा,
झिजामाथि बहुलाएर फैलिएको इस्वराको झाल,
मेरो अतित मेट्न तम्सिएको देखे
म जाइलागे ,आइलाग्ने माथि
झुके सबै भिजलान्तेहरू
मेरा पाखुराको सामु
जब म बढे इस्वराको झाल टुक्राउन,
चिलाउने झिजा ठुन्काउन ,
सरापदै थिए मलाई ती महामारी भिजलान्तेहरु   
म फेरी सफल भए ।
मेरो बाल्यकालको याद बोकेको निसानी ब्युताउन
म सानो छदा
आँगनको छपनिमा हात थिच्दै कुदेको मेरो नाम

लाग्यो युद्ध नै जितेर फर्कदै छु म,
सफलताको खुसिमा ,
मेरा चिरिएका ओठ तनक्क तनकेछन
मुसुक्क मुस्कुराएछु
तप्प दुइ थोपा आसु पनि झरालेछु ।
गम कत्ति भएन
बरु लाग्यो खुसि युद्ध जितेकोमा
मेरो बाल्यकालको याद बोकेको निसानी ब्युताएकोमा
म सानो छँदा

आँगनको छपनिमा हात थिच्दै कुदेको मेरो नाम ‘ अनिल ’ ।
   अनिल गौतम
   देवचुली-१ ,नवलपरासी
   हाल लमजुङ कृषि क्याम्पस